नेकपा एसले गर्‍यो जुम्लाका ५ नेतालाई पार्टीबाट निष्कासन

केन्द्रीय सदस्य थापा, जिल्ला अध्यक्ष न्यौपाने एमालेमा प्रवेश गर्दै

कार्तिक २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले जुम्ला जिल्लाका ५ नेतालाई पार्टीबाट निष्कासित गरेको छ । महासचिव बेदुराम भुसालले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी विरोधी शक्तिहरूसँग साँठगाँठगर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न भएकाले कारबाही गरेको बताएका छन् ।

कारबाहीमा पर्ने नेताहरूमा देवीलाल थापा, आदिप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावल रहेका छन् । थापा केन्द्रीय सदस्य, हुन भने न्यौपाने जिल्ला कमिटी अध्यक्ष हुन् ।

एकीकृत समाजवादीका जिल्ला कमिटीको अधिकांश सदस्य  एमाले प्रवेशको तयारीमा रहेका छन् । उनीहरू सोमबार नै एमाले प्रवेश गर्ने बताइएको छ । 

कान्तिपुर

Link copied successfully