काठमाडौँ — पाँच दलीय सत्ता गठबन्धनले शुक्रबारदेखि साताव्यापीरुपमा चुनाव लक्षित भेला गर्दैछ । सातै प्रदेशमा हुने भेला शुक्रबार गण्डकी प्रदेशबाट सुरु हुन लागेको हो । गठबन्धनले 'संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन' भन्ने नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णय बमोजिम शुक्रबारदेखि गठबन्धनले भेला गर्न लागेको हो । भेलालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार एकै दिन पोखरा र बुटवलमा भेला हुँदैछन् । नेताहरुले ११ बजे पोखरामा हुने भेलालाई सम्बोधन गर्नेछन् भने शुक्रबारै दिउँसो बुटवलमा हुने भेलालाई २ बजे सम्बोधन गर्नेछन् ।
भेलामा सहभागी हुन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पोखरा पुगिसकेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पोखरा पुग्दैछन् ।
भेलाका लागि गठबन्धनको कार्यतालिका :
१. कात्तिक ४ गते – पोखरा, ११ बजे
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे
