काठमाडौँ — विभिन्न पार्टीका पार्टी अध्यक्ष तथा सभापतिले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा स्वतन्त्रहरुले पनि उल्लेखनीय रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा झापा-५ मा १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र गोरखा-२ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा-३ मा भने ३-३ जनाले मात्रै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट पनि ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रपछि सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी लोसपा अध्यक्षको निर्वाचन क्षेत्र महोत्तरी-३ मा ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी-२ बाट केवल ४ जनाको मात्रै स्वतन्त्र उम्मेदवारी परेको छ ।
नेकपा(एस)का अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्र रौतहट-१ मा पनि ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पत्रकारिता छोडेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन-२ मा पनि ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विभिन्न पार्टी अध्यक्षहरु उठेका क्षेत्रमा स्वतन्त्र उम्मेदवारको सूचि
डडेलधुरा (शेरबहादुर देउवा)
सागर ढकाल
दानबहादुर पाल
कर्णसिंह रावल
बिक्रमबहादुर शाही
लालबहादुर कठायत
झापा-५ (केपी शर्मा ओली)
शान्ता अधिकारी
केदारनाथ चापागाई
दिपककुमार पाठक
रेवतीरमण खनाल
तिर्थेश्वर चौधरी
विष्णुप्रसाद सिग्देल
तुलसीराम काफ्ले
सिताराम पोख्रेल
कल्पना लावती
भेषराज भट्टराई
रामचन्द्र बानिया
रोहितप्रसाद पौड्याल
सुलोचना राजवंशी
इन्द्रमणि दाहाल
गोरखा-२ (पुष्पकमल दाहाल)
विनोदकुमार गुरुङ
डा.माधवी पराजुली(भट्ट)
गणेश देवकोटा
रौतहट-१ (माधवकुमार नेपाल)
राहुलकुमार मिश्र
कोशिला देवी
अवधेशकुमार ठाकुर
चन्दनकुमार जयसवाल
मोहम्मद जियाउल हक
रामअधार महतो कोईरी
रेवन्त झा
रामबलिकुमार यादव
अनिलकुमार लाल दास
सप्तरी-२ ( उपेन्द्र यादव)
चित्तनारायण यादव
विरेन्द्रकुमार मिश्र
महेन्द्रप्रसाद देव
विनोदकुमार यादव
महोत्तरी-३ (महन्थ ठाकुर)
मंगलदेव ठाकुर
युसुफ साफी
शरतचन्द्र मिश्र
प्रदीपकुमार यादव
राम आधार कापर
रामबाबु सिंह
विनयकुमार यादव
इन्द्रजितकुमार यादव
शंकरप्रसाद कापर
सरविन्द्र यादव
कुलभूषणशेखर शर्मा
झापा-३ (राजेन्द्र लिङ्देन)
प्रेमप्रसाद खनाल
डम्बरबहादुर गिरी
मनोरथ राजवंशी
चितवन-२ (रवि लामिछाने)
खेमराज भट्टराई
शुदर्शन प्रधान
भास्करचन्द्र न्यौपाने
सुन्दर डल्लाकोटी
देविका कुवर
देवराज पौडेल
जगदीश अर्याल
अंगुर पन्त
