कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी बजेट सन्तोषजनक छ : सांसद चौधरी

काठमाडौँ — सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गरेका छन् । 

आगामी बजेट सन्तोषजनक छ : सांसद चौधरी

सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्त्वपूर्ण रहेको दाबीसमेत गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताए ।

सांसद चौधरीले भने, ‘बजेट सन्तोषजनक छ । नेपाली समाजको कम्पोजिसनलाई हेरेर बजेट ल्याएकाले म माननीय अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै अघि बढेको छ । र, समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएको मैले अनुभूति गरेको छु । त्यसैले पनि यो बजेट धेरै महत्त्वपूर्ण छ ।’

त्यसैगरी बजेटले कृषि क्षेत्रको रुपान्तरण गर्ने कुरालाई धेरै प्राथमिकतामा राखेको पनि उनले बताए ।

‘सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन गर्ने कुरा समावेश गरिएको छ । रोजगारी सिर्जना र गरिबी निवारणको कुरालाई पनि बजेटमा धेरै महत्त्वका साथ उठाइएको छ । यतिमात्रै नभई मानव संशाधनको विकास गर्ने कुरा, पूर्वाधार विकास र पूँजी निर्माण गर्ने कुरा, जलविद्युत् उत्पादन, प्रसारण लाइनको विस्तार र ग्रामीण विद्युतीकरणमा जोड दिने कुरा बजेटमा उल्लेख गरिएको छ । बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको छ,’ उनले भने ।

सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?