कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'सगरमाथा जाने फास्ट ट्य्राकको परिकल्पना मुक्तकण्ठले प्रशंसा गर्ने कि के गर्ने ?'

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी बजेटका आधारहीन परियोजनाहरूको परिकल्पना गरेको बताएका छन् । मंगलबार ०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा छलफलमा भाग लिँदै पौडेलले सरकारले प्राथमिकताबाहिर गएर योजना परिकल्पना गरेको बताएका हुन् । 

'सगरमाथा जाने फास्ट ट्य्राकको परिकल्पना मुक्तकण्ठले प्रशंसा गर्ने कि के गर्ने ?'

उनले कोसी र कर्णाली नदीको जलप्रणालीलाई भविष्यमा जोड्न सकिने अवस्था आए पनि आजको प्राथमिकताको विषय भने बन्न नसक्ने बताए । त्यस्तै सगरमाथा जान दुई-दुई वटा द्रुत मार्ग प्रस्ताव गरिएकोमा पनि उनले प्रश्न उठाए । 'सगरमाथा जान एउटाले पुग्दैन होला भनेर दुई-दुई वटा फास्ट प्रस्तावित गरिएको छ । एउटा चतरा-सगरमाथा र अर्को मिर्चेया-लुक्ला हुँदै सगरमाथा । यो कार्यक्रमको मुत्तकण्ठले प्रशंसा गर्ने कि के गर्ने सभामुख महोदय ? निजी क्षेत्रले सगरमाथा पुग्ने फास्ट ट्रयाक बनाइदेला भन्ने विकासको परिकल्पना गरेर हामी कुन ठाउँमा पुग्छौँ ?,' उनले भने ।

सरकारले आगामी बजेटमा सगरमाथा पुग्ने दुई वटा फास्ट ट्रयाकको परिकल्पना गरेको छ । सरकारले बुँदा नम्बर ९५ र २१३ मा सगरमाथा जाने दुई वटा फास्ट ट्रयाक निजी क्षेत्रको लगानीमा बनाउने भनेको छ ।

त्यस्तै चन्द्रागिरि हुँदै चितवन एक घण्टामै पुग्ने गरी बनाइने भनिएको फास्ट ट्रयाकबारे पनि टिप्पणी गर्दै पौडेलले भने, 'अनि चितवन एक घण्टामै पुग्ने द्रुत मार्गको परिकल्पना त छँदैछ यो त चाहिने नै परियोजना होला । छिट्टै कार्यान्वयनमा जानेछ भनेर पनि म आशा गर्न चाहन्छु ।'

प्रकाशित : जेष्ठ १७, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?