काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनले अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए ।
‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भने, ‘जेष्ठ नागरिक, किरियापुत्री, सुत्केरी, बिरामी, महिला, अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहे पनि हुम्ला, गोर्खालगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल पर भएकाले अघिल्लो दिन हिँडेरसमेत मतदान गर्न केन्द्रमा पुगेको पाइएको छ ।’
आयोगले अध्यक्षसहितको सात वटा उच्चस्तीय सात वटा टोलीले अनुगमन गरेको थियो । आयोग अध्यक्ष मगरका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ । ७७ वटै जिल्लामा अनुगमन गरेको छ ।
आयोगले सप्तरी, काभ्रे, अछाम, कपिलवस्तु, दाङ जिल्लाको विभिन्न मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालिकोट, दोलखा, रामेछाप, काभ्रे, सप्तरी, सर्लाही, रौतहट, धनुषा,महोत्तरीसहितका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको र केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित जनाएको छ ।
