कावासोतीमा–८ मा १ सय ३ वर्षीया वृद्धाले गरिन् मतदान

वैशाख ३०, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — यहाँकी १ सय ३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर ८ की भागीरथी पराजुलीले ज्ञानोदय मावि केन्द्रबाट शुक्रबार मतदान गरेकी हुन् ।

उनका नातीहरुले ह्विलचियरमा राखेर भोट खसाल्न मतदान केन्द्रमा ल्याएका थिए । पूर्वी नवलपरासीमा सबैभन्दा बढी उमेरमा मतदान गर्ने पनि पराजुली हुन् । 

२०१५ सालको आम निर्वाचनदेखि उनले मत हालेकी थिइन् । त्यतिबेला गुल्मीको पुर्तिघाटबाट मतदान गरेको उनका नातीले जानकारी दिए । 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully