उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक सानेपामा, घोषणा पत्र सार्वजनिक गर्ने

वैशाख ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन ।

शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भएपनि सहमति नभएको हो । आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । नेताहरूले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।

सहमहामन्त्री जीवन परियारले सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेपछि उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । ‘छलफल भइरहेको छ, तर कुनै सहमति भएको छैन,’ उनले भने, ‘आजको बैठकले टुंगो लगाउने तयारी छ ।’

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबारै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्न लागिएको घोषणा पत्र तयारी समितिका एक सदस्यले बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully