कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेकपा(एस)ले संसद्‌मा एमसीसी टेबल गर्न दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्‌मा दर्ता भएको एमसीसी सम्झौता टेबल गर्न दिने निर्णय गरेको छ ।

नेकपा(एस)ले संसद्‌मा एमसीसी टेबल गर्न दिने

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा (एस)ले गठबन्धन जोगाउने मझधारको बाटो लिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा (एस)ले संसद्‌मा टेबल गर्न नदिने अडान लिएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा सक्रिय थिए ।

एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्‍ने जोखिम भएपछि नेकपा (एस) बीच बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको हो ।

स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे १६ बुँदे व्याख्या गर्दै अन्तिममा टेबल गर्न दिने निष्कर्ष सुनाएका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?