एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त

फाल्गुन ६, २०७८

अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले 'एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन' भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

एमसीसी

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully