१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले 'एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन' भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।


प्रकाशित : फाल्गुन ६, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्