कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलहरुसँगको सहमतिबाट एमसीसी पास गरिनुपर्छ : थापा

मोरङ — राप्रपाबाट अलग भएर नयाँ पार्टी खोल्ने घोषणा गरेका कमल थापाले बढीभन्दा बढी दलसँग सहमति कायम गरी एमसीसी पास गर्नुपर्ने बताएका छन् ।

दलहरुसँगको सहमतिबाट एमसीसी पास गरिनुपर्छ : थापा

विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा थापाले एमसीसी आफैंमा आपत्तिजनक नभएको तर यस बारेमा केही आशंका र प्रश्नहरु उब्जिएकाले सरकारले एमसीसी अगाडि बढाउनुअघि त्यस्ता आशंका र प्रश्नहरुको निवारण गर्न आवश्यक भएको बताए । एमसीसी आर्थिक सहयोग भएको र यसले नेपाललाई कुनै हानीनोक्सानी नहुने उनको भनाइ थियो ।

यस्तै, आफूले नयाँ पार्टी खोल्ने घोषणा गरेको र फागुन पहिलो साताभित्र निर्वाचन आयोगमा पार्टी दर्ता गराउने पनि उनले बताए । उनले पार्टीको नाम, चुनाव चिह्न र झन्डाबारे आफ्नो नेतृत्वमा विश्वास गर्ने नेता तथा कार्यकर्तासँग विभिन्न विकल्पमा छलफल गरिरहेको बताए । राष्ट्रिय एकता पार्टी नाम राख्नु पर्ने धेरैको सुझाव आएको समेत उनले बताए ।

निर्वाचन आयोगमा दर्ता रहेका केही दलहरुसँग पनि छलफल भइरहेकाले अरु पार्टीसँग पनि एकीकृत भएर अघि बढ्ने विकल्पमा समेत छलफल भइरहेको उनको भनाइ थियो । उनले आफूले खोल्न लागेको पार्टीको प्रमुख एजेन्डा हिन्दुराष्ट्र, सुशासन र समृद्धि रहने बताए ।

प्रकाशित : माघ २८, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?