कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अमेरिकी मन्त्रीको देउवा-ओली- दाहाललाई चेतावनी- 'एमसीसी पास नभए सम्बन्ध पुनरावलोकन गर्छौं'

काठमाडौँ — एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुलाई चेतावनी दिएका छन् ।

अमेरिकी मन्त्रीको देउवा-ओली- दाहाललाई चेतावनी- 'एमसीसी पास नभए सम्बन्ध पुनरावलोकन गर्छौं'

अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गर्दै उक्त सम्झौता संसद्‍बाट अनुमोदन गर्न पनि आग्रह गरेका छन् । फेब्रुअरी २८ सम्म यदी नेपालले एमसीसी सम्झौता अनुमोदन नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने उनको भनाइ थियो ।एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिक्रिया आएपछि अमेरिकी मन्त्रीले टेलिफोन गरेका हुन् ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार विदेशमन्त्री लुले ओलीलाई 'एमसीसी तपाईंहरु सबै मिलेर पारित गर्नुहोस् भनेर आग्रह गरेका थिए ।

'पारित नगर्दा अप्ठेरो पर्छ सहमति भईसकेको विषयमा अलमल नगरिकन तपाईंहरुले पारित गर्नहोस् । त्यसो गर्नु नै नेपाल अमेरिका सम्बन्धका लागि राम्रो हुन्छ' लुले ओलीसँग राखेको भनाई उल्लेख गर्दै भट्टराईले इकान्तिपुरसँग भने ।

अध्यक्ष ओलीले भने एक दुईवटा विषयहरुका कारण नेपाल र अमेरिकाको सम्बन्ध तलमाथि नहुने बताएका थिए । 'सत्तारुढ पार्टीहरु मिलेका छन् तपाईंले यहाँ आएर बुझ्नुभएकै छ । त्यसैले जे कुरा उहाँहरुले ल्याउनुहुन्छ । हामी हेरिरहेका छ‌ौं । उहाँहरुले पोजिसन नबनाएका कारण हामीले पनि अहिले पोजिसन बनाउनु आवश्यक ठानेका छैनौै‌ं' ओलीले लुलाई भनेका थिए,' नेपाल अमेरिकाकाे सम्बन्ध एउटा-एउटा इस्यूका आधारमा तलमाथि हुन्छ भन्ने ढ‌ंगले हेर्नु हुँदैन ।'

का‌ंग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीकै सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको बताए ।

प्रकाशित : माघ २७, २०७८ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?