कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चुनाव तयारीबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौँ — स्थानीय तह निर्वाचनको तयारीका विषयमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । निर्वाचनमा आवश्यक जनशक्ति र सुरक्षा व्यवस्थापन र बन्दोबस्तीका लागि आवश्यक पर्ने बजेट व्यवस्थापनबारे दुई मन्त्रीबीच बुधबार छलफल भएको हो ।

चुनाव तयारीबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरिसकेका छन् । त्यही विषयमा मन्त्री खाँण र शर्माबीच छलफल भएको हो ।

मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालकाअनुसार मन्त्री खाँण र शर्माबीच स्थानीय निर्वाचनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अत्यावश्यक सवारी साधन र अन्य तयारीका सन्दर्भमा आवश्यक पर्ने बजेटबारे छलफल भएको हो । छलफलमा मन्त्रालयका गृहसचिव टेकनारायण पाण्डे र अर्थसचिव मधु मरासिनीसहित अधिकारीहरू सहभागी थिए ।

मन्त्री खाँणले निर्वाचनको तयारीलाई तीव्र गतिमा अघि बढाउन र आवश्यक बजेटको अभाव नहुने व्यवस्था मिलाउन निर्देशन गरेका छन् । मन्त्री शर्माले पनि निर्वाचनमा आवश्यक बजेट व्यवस्थापन हुने बताएका थिए ।

प्रकाशित : माघ २६, २०७८ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?