कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४
कांग्रेस महाधिवेशन

उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशित [सूची]

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशित [सूची]

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो ।

शनिबार राति सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको थियो ।

यस्तो छ सूची :

आइतबार सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने तथा सहमहामन्त्रीबाट सुरेन्द्रप्रसाद चौधरीले आफ्नो मनोनयन फिर्ता लिएका छन् । यस्तै केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवाको प्यानलबाट दलित क्लस्टरबाट मीन विश्वकर्माले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

महिला ९ सदस्यका लागि ३१, दलित ९ सदस्यका लागि ३९, आदिवासी–जनजाति १५ सदस्यका लागि ८७, खस–आर्य १३ सदस्यका लागि ९३, मधेसी ९ सदस्यका लागि ३२, थारू ४ सदस्यका लागि १४, मुस्लिम ३ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट ५ जना, वाग्मतीबाट ९ जना, गण्डकीबाट ७ जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट ७ जना र सुदूरपश्चिमबाट १२ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित : मंसिर २६, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?