कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

निधिको प्रक्षेपण : पहिलो चरणमा कसैले जित्दैन, त्यसपछि कोइराला, निधि र सिंह एक ठाउँमा  

'कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ'

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सोमबार हुने पार्टीको चुनावमा कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् ।

निधिको प्रक्षेपण : पहिलो चरणमा कसैले जित्दैन, त्यसपछि कोइराला, निधि र सिंह एक ठाउँमा  

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले जित्ने बताएका हुन् ।

दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने उनको भनाई थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा निर्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनको भनाई थियो । देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोसिस भएको निधिले उल्लेख गरे । उनले सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको बताए ।

कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने निधिले बता ए। त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने उनको भनाई थियो ।

प्रकाशित : मंसिर २६, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?