प्रकाशमान र सुजाताको उम्मेदवारी दर्ता

मंसिर २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावका लागि प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

शनिबार दिउँसो उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नेता सिंहले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

सभापति पदका लागि यसअघि नै कल्याण गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully