कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
कांग्रेस महाधिवेशन

प्रकाशमान र सुजाताको उम्मेदवारी दर्ता

काठमाडौँ — नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावका लागि प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशमान र सुजाताको उम्मेदवारी दर्ता

शनिबार दिउँसो उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नेता सिंहले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

सभापति पदका लागि यसअघि नै कल्याण गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : मंसिर २५, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×