काठमाडौँ — नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म प्यानलै खडा गरेर उम्मेदवारी मनोनयन एकातिर चलिरहेको छ भने अर्कोतर्फ नेता, कार्यकर्ताले जितका लागि प्रसार-प्रचारलाई पनि तीव्रता दिइरहेका छन् । काठमाडौंको पद्मोदय मोडदेखि पुरानो बसपार्कसम्मको सडक ठप्प पारेर कांग्रेस नेता, कार्यकर्ताले प्रदर्शन र नाराबाजीसमेत गरिरहेका छन् ।
