नेपाली कांग्रेस लोकतन्त्रको महत्त्वपूर्ण कडी हो : भारतीय कंग्रेस नेता वासनिक

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले नेपाली कांग्रेस लोकतन्त्रको महत्त्वपूर्ण कडी रहेको बताएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्ने क्रममा वासनिकले भारतीय राष्ट्रिय कंग्रेसको शुभकामना सन्देश पनि सुनाएका थिए । 

'३४ साल पहिले मलाई संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने मौका मिलेको थियो । जसरी त्यहाँ गौरवान्वित हुने मौका मिलेको थियो त्यसरी नै अहिले नेपाली कांग्रेसको महाधिवशेनमा गौरव महसुस भएको छ,' उनले भने, 'नेपाली कांग्रेस लोकतन्त्रको महत्त्वपूर्ण कडी हो, यसको हामीलाई पूर्ण जानकारी छ ।'

नेपाली कांग्रेससँग भारतीय राष्ट्रिय कंग्रेसको ऐतिहासिक सम्बन्ध रहेको वासनिकले स्मरण गरेका थिए । उनले नेपालको शान्ति, समृद्धि र सम्पूर्ण विकासका लागि भारतीय कांग्रेसले सहयोग गर्ने बताए । 

गान्धीको सन्देशमा २०७२ सालमा जारी संविधानले नेपालमा बहुदलीय व्यवस्थासहितको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था गरेको त्यसले नेपाललाई शान्ति, समृद्धि र सम्पूर्ण विकासमा जानुपर्ने कुरा उल्लेख छ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully