कांग्रेस महाधिवेशनको मञ्चमा सबै दलका शीर्ष नेता [तस्बिरहरू]

मंसिर २४, २०७८

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सबै देलका शीर्ष नेताहरु पुगेका छन् । मञ्चमा पार्टी फुटेपछि पहिलो पटक माधव नेपाल र पुष्पकमल दहालसँगै केपी ओली बसेका छन् । दाहाल र नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको दायाँतर्फ बसेका छन् भने बायाँतर्फ कार्यक्रममा केही ढिलो गरी पुगेका ओली बसेका छन् । जनता समाजवादी पार्टी फुटाएर छुट्टै पार्टी खोलेका महन्थ ठाकुरसँगै उपेन्द्र यादव एकै सोफामा बसेका छन् । महाधिवेशन उद्घाटनस्थलबाट फोटोपत्रकारहरू अंगद ढकाल र हेमन्त श्रेष्ठले खिचेका केही तस्बिरहरू :

कांग्रेस महाधिवेशन

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully