पौडेल समूहको 'निर्णायक बैठक' बस्नुअघि युवा नेताहरूको छुट्टै भेला

३ बजे चाक्सीबारीमा बैठक बस्दै

मंसिर २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापितको साझा उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अर्को बैठक बुधबार दिउँसो ३ बजे प्रकाशमान सिंह निवासमा बस्ने भएको छ । बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि अर्को बैठक बोलाइएको हो । 

जिल्ला र प्रदेशका नेताहरुको सुझाव लिएपछि ३ बजे सिंह निवास चाक्सिबारीमा सभापतिका उम्मेदवार बन्न चाहने नेताहरुसहित बैठक बस्ने निर्णय भएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए । उनले भने, 'साथीहरुको सल्लाहले उत्साहित छौं । नेताहरु बसेर छलफल गर्नुहोस् निर्ओय लिनुस् भन्नुभयो ।'

उनले बुधबार बेलुकासम्म साझा उम्मेदवार चयन भइसक्ने दाबी गरे ।

यसैबीच, चाक्सीबारीमा बैठक बस्नुअघि पौडेल समूहका युवा नेताहरु बत्तीसपुतलीमा छुट्टै छलफलमा बसेका छन् । पौडेल समूहका केन्द्रीय सदस्यहरु बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, जीवन परियारलगायतका नेताहरु बैठकमा सहभागी छन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully