कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ओली र रावल दुवैलाई भोट नहाल्ने ३३ जना

काठमाडौँ — एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट हालेनन् । एमालेको १०औं महाधिवेशनमा ३३ जना महाधिवेशन प्रतिनिधिले दुवैलाई अध्यक्षमा अस्वीकार गर्दै 'नो भोट' गरेका हुन् ।

ओली र रावल दुवैलाई भोट नहाल्ने ३३ जना

एमाले अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । यस्तै, भीम रावलले २२४ मत ल्याए ।

कूल २ हजार ९६ मत खसेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष र सचिवमा बन्दसत्रमा ओलीले प्रस्ताव गरेका सबै निर्वाचित भए ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक १९८० मत ल्याउँदा सुरेन्द्र पाण्डेले १९२९, विष्णु पौडेलले १८५९, सुवास नेम्वाङले १८६९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत ल्याउँदै विजयी भए ।

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८, योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्माले १८०६, पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७, रघुवीर महासेठले १५०३ मत ल्याएर निर्वाचित भए ।

प्रकाशित : मंसिर १४, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?