कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित

मंसिर १४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस भक्तपुरको सभापतिमा दुर्भल थापा पुनः निर्वाचित भएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि सभापतिमा चुनेको हो । थापाले ५५५ मत प्राप्त गरे । अर्का प्रत्यासी अष्टकुमार कवेले ४४२ मत पाए ।

१३ औँ महाधिवेशनमा पनि थापा र कवेकै बीचमा प्रतिस्पर्धा भएको थियो । सभापति थापा केन्द्रीय सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । कवे नेता प्रकाशमान सिंहनिकट हुन् । 

यस्तै, उपसभापतिमा विजेश अवाल र उमिला वन, सचिवमा सुशील बस्नेत र राजेश खड्का, सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने विजयी भएका छन् । सबै सभापति थापाकै प्यानलका हुन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully