कांग्रेस कपिलवस्तु सभापतिमा पौडेल पक्षका खाँ विजयी

मंसिर १४, २०७८

मनोज पौडेल

कपिलवस्तु — कांगेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुलकलाम खाँ विजयी भएका छन् । उनले १०९ मत बढी ल्याएर विजयी भएका हुन् । खाँले ९२८ मत ल्याएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी देउवा पक्षका राजेश आचार्यले ८१९ मत ल्याएका थिए ।

यस्तै, उपसभापतिमा पौडेल पक्षकै हुमाकान्त खनाल ८३२ र रजतराज आचार्य ८२६ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा भने पौडेल पक्षकै खोमबहादुर सिंह ठकुरी ९२८ र प्रेमबहादुर रायमाझी ८७६ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी सहसचिवमा विरेन्द्र शुक्ला र मोहम्मद वजिह अरसद विजयी भएका छन् ।

जिल्ला समितिमा बहुमत सदस्य पौडेल पक्षले जितेका छन् । 

कांग्रेस महाधिवेशन

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully