कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कांग्रेसको डडेलधुरा अधिवेशनले पायो मान्यता

काठमाडौँ — कांग्रेस डडेलधुरा अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले सदर गरिदिएको छ । यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडादेखि जिल्ला अधिवेशनमा एकलौटी भएको भन्दै खारेज गरी फेरि अधिवेशन गर्न माग गर्दै निवेदन दिएका थिए । 

कांग्रेसको डडेलधुरा अधिवेशनले पायो मान्यता

डडेलधुरामा मल्लको सहभागिताको बिनै जिल्ला अधिवेशन भइसकेको छ । ती निवेदनमाथि सुनुवाइ गर्दै निर्वाचन समितिले सोमबार बहुमतले डडेलधुरा अधिवेशनलाई सदर गर्ने निर्णय गरेको हो । समितिका ४ सदस्यमध्ये सीताराम केसीले भने विधानविपरीत हुने भन्दै फरक मत राखेका छन् ।

डडेलधुरामा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी ढंगले अधिवेशन गरेको आरोप थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अधिवेशनलाई मान्यता नदिन आग्रह गर्दै आएका थिए । पुनः अधिवेशन गर्न माग गर्दै मल्ललगायत नेता सानेपामा रिले अनशन पनि बसेका थिए ।


सानेपामा रिले अनशन गरिरहेका मल्लसहित नेता कार्यकर्ताले भने समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै छलफल गरेर अन्य संघर्षका कार्यक्रमहरु ल्याउने बताएका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?