सुरु भयो एमाले महाधिवेशनको बन्द सत्र

मंसिर ११, २०७८

अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको हो । चितवनको सेभन स्टार होटल परिसरमा बन्द सत्र सुरु भएको हो । बन्द सत्रमा एमालेले आमन्त्रित गरेका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रिय कमिटीले शुक्रबार पास गरेको विधान संशोधनलाई पनि बन्द सत्रमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । अहिले हलभित्र प्रतिनिधिहरु छिर्ने क्रम सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भएको एमाले महाधिवेशन आइतबारसम्म चल्नेछ । 



एमाले महाधिवेशनएमाले

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully