एमाले केन्द्रीय कमिटीमा अब कम्तीमा १०० जना महिला

काठमाडौँ — दसौं महाधिवेशनबाट एमाले केन्द्रीय कमिटी महिला प्रतिनिधित्व बढ्ने भएको छ । शुक्रबार राति सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या बढाउने निर्णय गरेपछि महिला प्रतिनिधित्व बढ्ने भएको हो ।

एमाले केन्द्रीय कमिटीमा अब कम्तीमा १०० जना महिला

नेता व्यवस्थापनमा सकस परेपछि एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् ।

केन्द्रीय कमिटीको आकार बढाएसँगै महिला एकतिहाइ अर्थात् कम्तीमा सय जना छानिने भएका छन् । यसअघि गोदावरी विधान महाधिवेशनको निर्णयअनुसार २ सय २५ केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात ७५ जना महिला प्रतिनिधि छानिने अवस्था थियो ।

उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थप्ने निर्णय भएसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव हुनेछन् । दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो ।

प्रकाशित : मंसिर ११, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?