कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्, सरकार र न्यायपालिकाको अराजकता हामीले ल्याएका हौं भनेर स्वीकार गर्नुपर्छ : केसी 

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्, सरकार र न्यायपालिकामा जारी विवाद, अस्तव्यवस्तताको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने बताएका छन् ।

संसद्, सरकार र न्यायपालिकाको अराजकता हामीले ल्याएका हौं भनेर स्वीकार गर्नुपर्छ : केसी 

देश अगाडि बढाउनका लागि राजनीतिक दलहरू एकजुट हुनुको विकल्प नभएको बताउँदै केसीले वर्तमान व्यवस्थाको जस लिने दलहरूले अव्यवस्थाको पनि जिम्मेवारी लिएर मिलेर अगाडि बढ्नुपर्ने बताए ।

एमालेको दसौं महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै थापाले भने, 'गणतन्त्र, धर्म निरपेक्षता ल्याएको जस लिइरहेका छौं । अहिले संसद्को किचलो, कार्यकारिणी र न्याय पालिका भएको अस्तव्यवस्ता पनि हामीले गरेको हो भन्न सक्नुपर्‍यो ।'

अहिले राजनीतिक दलका कारण जनतामा नैराश्यता भइरहेको र मुलुकमा अराजकता भएको भन्दै केसीले ती सबैको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने बताए ।

राजनीतिक दलहरूले एक-अर्कालाई अराजकताको जिम्मेवार भन्न नहुने पनि केसीको भनाइ थियो । राजनीति गर्ने व्यक्ति नसुध्रिइकन राज्य र जनताको स्वार्थलाई अगाडि राखेर राजनीति नगरे समस्या झन् बढ्ने उनले बताए ।

प्रकाशित : मंसिर १०, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?