कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।उनले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए । मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए ।

उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ ।


प्रकाशित : मंसिर १०, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

जनआन्दोलनका उपलब्धि जीवन्त बनाउने समय खेर गइरहेको छ : यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन र मधेस विद्रोहका उपलब्धिलाई जीवन्त बनाउने समय खेर गइरहेकोप्रति ध्यान दिनुपर्ने बताएका छन् ।

एमालेको दसौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुभकामना दिने क्रममा शुक्रबार यादवले भने, 'नेपालको जनआन्दोनल र मधेश जनविद्रोहका उपलब्धिलाई जालझेल, षड्यन्त्र, छलछामको अँध्यारोबाट निकालेर जनताको बीचमा लगी जीवन्त लुल्याउने समय खेर गइरहेको छ ।' उनले संघीय लोकतन्त्रात्मक व्यवस्थालाई संस्थागत रूपमा सुदृढ तुल्याउन यथेस्ट समय दिन सकोस् भन्दै एमालेलाई शुभकामना दिएका थिए ।

यादवले थपे, 'लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने, राजनीतिलाई राजनीतिक संस्कारबाट र शासन पद्धतिलाई जनहितमा एकलब्य हुने संस्कृतिबाट निर्देशित सञ्चालित गर्नुपर्ने राष्ट्रिय एजेन्डा बनाउन अझै सकिएको छैन ।'

मुलुकका लोकतान्त्रिक संस्था र राज्यका महत्वपूर्ण निकाय निस्कृत र निस्प्रभावी हुन थालेकोप्रति यादवले चिन्ता व्यक्त गरेका छन् । उनले भने, 'यसलाई सक्रिय र प्रभावी बनाउन अब ढिला गर्नु हुँदैन ।'

लोकतन्त्र र समावेशी व्यवस्थालाई जनताको हितमा लगाउनका लागि सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने यादवको भनाइ थियो । उनले राजनीतिक दलका नेता र कार्यकर्ता जनता र देशप्रति जवाफदेही बन्नुपर्ने बताएका थिए ।

प्रकाशित : मंसिर १०, २०७८ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×