कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनआन्दोलनका उपलब्धि जीवन्त बनाउने समय खेर गइरहेको छ : यादव

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन र मधेस विद्रोहका उपलब्धिलाई जीवन्त बनाउने समय खेर गइरहेकोप्रति ध्यान दिनुपर्ने बताएका छन् ।

जनआन्दोलनका उपलब्धि जीवन्त बनाउने समय खेर गइरहेको छ : यादव

एमालेको दसौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुभकामना दिने क्रममा शुक्रबार यादवले भने, 'नेपालको जनआन्दोनल र मधेश जनविद्रोहका उपलब्धिलाई जालझेल, षड्यन्त्र, छलछामको अँध्यारोबाट निकालेर जनताको बीचमा लगी जीवन्त लुल्याउने समय खेर गइरहेको छ ।' उनले संघीय लोकतन्त्रात्मक व्यवस्थालाई संस्थागत रूपमा सुदृढ तुल्याउन यथेस्ट समय दिन सकोस् भन्दै एमालेलाई शुभकामना दिएका थिए ।

यादवले थपे, 'लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने, राजनीतिलाई राजनीतिक संस्कारबाट र शासन पद्धतिलाई जनहितमा एकलब्य हुने संस्कृतिबाट निर्देशित सञ्चालित गर्नुपर्ने राष्ट्रिय एजेन्डा बनाउन अझै सकिएको छैन ।'

मुलुकका लोकतान्त्रिक संस्था र राज्यका महत्वपूर्ण निकाय निस्कृत र निस्प्रभावी हुन थालेकोप्रति यादवले चिन्ता व्यक्त गरेका छन् । उनले भने, 'यसलाई सक्रिय र प्रभावी बनाउन अब ढिला गर्नु हुँदैन ।'

लोकतन्त्र र समावेशी व्यवस्थालाई जनताको हितमा लगाउनका लागि सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने यादवको भनाइ थियो । उनले राजनीतिक दलका नेता र कार्यकर्ता जनता र देशप्रति जवाफदेही बन्नुपर्ने बताएका थिए ।

प्रकाशित : मंसिर १०, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?