नयाँ नक्सा संस्थागत गरेर ओलीले गुन लगाउनुभयो : थापा

मंसिर १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेर नेपाली जनतालाई गुन लगाएको बताएका छन् । चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै थापाले एमाले र केपी ओलीलाई दुई कारणले देशले सम्झिरहने बताए ।

‘मधेसमा देखापरेको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको आन्दोलनलाई स्थगित गर्न केपी ओलीको नेतृत्वले काम गरेको छ । उहाँकै नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमाको रक्षाको निमित्त प्रतिबद्धता व्यक्त गरेको छ । र नयाँ नक्सा बनाएर संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाउनुभएको छ,’ उनले भने, ‘यही कारणले गर्दा यो सम्मेलनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु । देशलाई संकटबाट जोगाउन र देश बचाउन तपाईंहरुलाई पूर्णरुपमा सफलता प्राप्त होस् ।’

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully