एमालेको दशौं महाधिवेशन अध्यक्ष ओलीद्वारा उद्घाटन

मंसिर १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।

उनले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए । मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए ।

एमालेको महाधिवेशन चितवनको नारायणी नदीको किनारमा भइरहेको छ । जहाँ ठूलो संख्यामा पार्टीको कार्यकर्ताहरुको भीड लागेको छ । शनिबार सौराहमा पार्टीको बन्दसत्रको कार्यक्रम हुने छ ।

उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ ।

 

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully