काठमाडौँ — एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा मूल व्यवस्थापन समितिका तर्फबाट रामबहादुर थापाले स्वागत गरेका छन् ।
चितवनको नारायणी नदी किनारमा तयार गरिएको मञ्चमा अध्यक्ष केपी ओलीले अध्यक्षता गरेलगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिका तर्फबाट थापाले स्वागत गरेका हुन् ।
माओवादी पृष्ठभूमिका नेता थापा नेकपाको एकता भंग हुनेगरी सर्वोच्च अदालतको फैसलापछि एमालेमै बसेका थिए । ओलीले थापालाई नै पार्टीको महाधिवेशन मूल आयोजक समितिको संयोजक बनाएका थिए ।
