तस्बिरमा हेर्नुहोस् एमाले महाधिवेशनको रौनक

मंसिर १०, २०७८

अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सरिक हुन देशभरबाट महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।

उद्घाटन कार्यक्रम स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा आउने क्रममा रहेको बताइएको छ । विभिन्न स्थानबाट झाँकीसहित र्‍यालीहरू कार्यक्रम स्थलतर्फ आउने क्रम पनि जारी रहेको छ । चितवनका विभिन्न सात स्थानबाट र्‍याली कार्यक्रमस्थलमा पुगिरहेका छन् ।

एमाले महाधिवेशन

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully