एमाले महाधिवेशनले राजमार्ग अस्तव्यस्त : एम्बुलेन्सले समेत पाएन बाटो

मंसिर १०, २०७८

सुवास विडारी

चितवन — नेकपा एमालेको दसौं महाधिवशेनका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विभिन्न ठाउँबाट र्‍याली निस्किएका कारण राजमार्गको यातायात अस्तव्यस्त भएको छ ।

करिब एक घण्टादेखि एम्बुलेन्ससमेत जाममा फसेका छन् । नारायणगढस्थित पुल्चोकमा अहिले पनि ७ वटा एम्बुलेन्स जाममा फसिरहेका छन् । र्‍यालीका कारण एम्बुलेन्सलाई बाटो खुलाउन नसकिएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

 

चितवन र नवलपरासी पूर्व जोड्ने नारायणी नदीको पुलमा अहिले पैदल हिँड्नसमेत कठिन भएको छ । यसअघि स्थानीय प्रशासनले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए पनि त्यसअनुरुप व्यवस्थापन हुन सकेको छैन । 

 

 

एमाले महाधिवेशन

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully