एमाले आकाशको उचाइमा पुगोस् : ठाकुर

मंसिर १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेको दसौं महाधिवेशनमा शुभकामना दिँदै केपी शर्मा ओलीले आफ्नो पार्टीलाई देखाएको सद्भावप्रति अनुग्रहित भएको बताएका छन् ।

उनले एमाले पार्टीले आकाशझैं उचाइमा पुगोस् भनेर शुभकामना दिँदै ओली प्रधानमन्त्री हुँदा आफ्नो पार्टीले उठाएको संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्न देखाएको तत्परताप्रति धन्यवाद दिएका थिए ।

अध्यक्ष ठाकुले आफ्ना कार्यकर्ताहरु अहिले पनि विभिन्न मुद्दामा जेलमा रहेका कारण उनीहरुको तत्काल रिहाइको माग गरेका छन् । 

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully