एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम सुरु

मंसिर १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा  (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको कार्यक्रम सञ्चालक तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

कार्यक्रम स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा आउने क्रममा रहेको बताइएको छ ।

 

विभिन्न स्थानबाट झाँकीसहित र्‍यालीहरू कार्यक्रम स्थलतर्फ आउने क्रम पनि जारी रहेको छ । चितवनका विभिन्न सात स्थानबाट र्‍याली कार्यक्रमस्थलमा पुगिरहेका छन्  । 







एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully