चितवन पुगेका ओली महाधिवेशन केन्द्रित कार्यक्रममा सहभागी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवन पुगेका ओली महाधिवेशन केन्द्रित कार्यक्रममा सहभागी

कान्तिपुर संवाददाता

काठमाडौँ — दसौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आएका एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा केन्द्रित कार्यक्रममा सहभागी हुन थालेका छन् । ओली बिहीबार मध्यान्ह मात्रै चितवन आइपुगेका हुन् । चितवनका बुद्धिजिवीहरुसँग सौराहाको जंगल क्राउन होटलमा अन्तक्रियामा सहभागी भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

'बुद्धिजिवी परिषद्ले आयोजना गरेको महाधिवेशन केन्द्रित छलफल हो,' बजगाईंले भने । सौराहाको कार्यक्रमपछि अध्यक्ष ओली महाधिवेशन उद्घाटन समारोहस्थलको अवलोकन गर्ने नारायणगढ जाने छन् ।

नारायणी नदीको किनारामा सम्मेलन उद्घाटनका लागि मञ्च निर्माणको काम भैरहेको छ । ओली आउने तयारीसँगै सो स्थालमा ठूलो संख्यामा स्वयंसेवकहरु परिचालन गरिएका छन् ।

एमालेले उद्घाटन समारोहमा ५ लाख मानिस उतार्ने दाबी गर्दै आएको छ । महाधिवेशनको उद्घाटनको एक दिनअघि नै नेता तथा महाधिवेशनमा प्रतिनिधिहरु चितवन आउन थालेका छन् । महाधिवेशनको उद्घाटन नारायणी किनारा र सौराहामा बन्द सत्र सञ्चालन गर्ने तयारी गरेको छ ।

महाधिवेशनका लागि चितवनमा रहँदासम्म अध्यक्ष ओली सौराहाको पार्क सफारी रिसोर्टमा बस्ने छन् ।


प्रकाशित : मंसिर ९, २०७८ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्

उदयपुरको दुवै क्षेत्रमा कांग्रेस संस्थापन पक्षकै वर्चश्व 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरका दुवै क्षेत्रको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको निर्वाचनमा संस्थापन समूहले वर्चस्व कायम गरेको छ । बुधबार राति सर्वाजनीक निर्वाचन परिणाम अनुसार क्षेत्र  नम्बर १ र २ मा क्रमशः खग्रेन्द राई र रामकुमार राईको प्यानल विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा कुल खसेको ७१२ मतमा ३४४ मत प्राप्त गर्दै खग्रेन्द्र सभापतिमा विजयी भए । संस्थापन इतरका सभापतिका उम्मेदवार वसन्त बस्नेतले ३३४ मत प्राप्त गरे । सभापति राईसँगै उनको प्यानल नै विजय भएपनि क्षेत्र नम्वर १ मा संस्थपन पक्षको वर्चश्व कायम भएको छ ।

त्यसैगरी केन्द्रीय महाधिवेसन प्रतिनिधिमा खुल्ला दशसहित २५ जनाको लागि भएको निर्वाचनमा ५ जनामात्रै संस्थापन इतर (पौडेल/कोइराला समूह) विजयी भएका छन् । बाँकी २० संस्थपन पक्षकै निर्वाचित भएको मतदान अधिकृत कमल कार्कीले बताए ।

संस्थापन इतरमा पार्टी सभापति विदुर बस्नेत, प्रमिला राई , भोजराज खतिवडा , सुमन परियार र शान्तिदेवी चौधरीमात्रै विजय भएका छन् । शान्तिदेवी थारु खुल्लामा सर्वसामत निर्वाचीत भएकी हुन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा संस्थापन पक्षकै रामकुमार राईको प्यानल नै विजयी भएको छ । त्यहाँको केन्द्रीय महाधिवेसन प्रतिनिधिको नजिता सर्वजनिक भइसकेको छैन ।


प्रकाशित : मंसिर ९, २०७८ १५:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×