अवरोधबीच सर्वोच्च छिरे प्रधानन्यायाधीश

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बारका पदाधिकारीहरुले सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला नियमित छिर्ने गेटभन्दा फरक गेट प्रयोग गरेर छिरेका हुन् ।

अवरोधबीच सर्वोच्च छिरे प्रधानन्यायाधीश

महान्यायधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेका हुन् ।

बारले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिइरहेको छ । बिहीबार अदालत परिसरमा प्रहरीले हस्तेक्षप गरेपछि बारले शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्दै प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक्ने कार्यक्रम तय गरेको थियो ।

प्रकाशित : कार्तिक २६, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?