सर्वोच्चको मूल गेट अगाडि वकिलहरूको धर्ना

कार्तिक २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् ।

प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् । 


आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।


बिहीबार अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बारले प्रधान्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । 

उनीहरुले छातीमा विभिन्न नारा अंकित प्लेकार्ड टाँसेर धर्ना दिइरहेका छन् । 

प्रधानन्यायाधीश विवादमा

कान्तिपुर

Link copied successfully