कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानबाट आइपुग्यो २ लाख एस्ट्राजेनेका खोप

काठमाडौँ — जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८  हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

जापानबाट आइपुग्यो २ लाख एस्ट्राजेनेका खोप

यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप आइतबार वा सोमबारसम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।

हालसम्म कुल खोप लगाउने नेपालीको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ भने त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् ।

प्रकाशित : भाद्र ५, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?