कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

२४ घण्टामा थपिए २ हजार ७९ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा थपिए २ हजार ७९ कोरोना संक्रमित

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ७ हजार १२४ परीक्षणबाट ९६३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ६५४ परीक्षणमा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४५५ पुगेको छ ।

प्रकाशित : भाद्र ४, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?