११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जनामा संक्रमण

भाद्र १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ हजार ४ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, ६ हजार १२४ वटा एन्टिजेन नमुना परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा हालसम्म ७ लाख ३७ हजार २ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै,६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त र १० हजार ३५४ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

मंगलबारसम्म देशभर ३९ हजार ८ सय ७१ जना आइसोलेसन र ४१५ जना क्‍वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully