कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जनामा संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ हजार ४ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जनामा संक्रमण

यस्तै, ६ हजार १२४ वटा एन्टिजेन नमुना परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा हालसम्म ७ लाख ३७ हजार २ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै,६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त र १० हजार ३५४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मंगलबारसम्म देशभर ३९ हजार ८ सय ७१ जना आइसोलेसन र ४१५ जना क्‍वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भाद्र १, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?