कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, थपिए २ हजार ५६६ नयाँ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ३२७ पुगेको छ ।

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, थपिए २ हजार ५६६ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा २ हजार ५६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षणमा सोमबार थप २ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ५१८ परीक्षणबाट ८८५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ६११ परीक्षणमा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० छ ।

प्रकाशित : श्रावण ३२, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?