कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, थपिए १ हजार ७९३ नयाँ संक्रमित

श्रावण ३१, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार २९२ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार १८ परीक्षणबाट ४ सय १९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ३२ हजार २७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully