कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड गर्न रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण चिन्ताजनक ढंगले बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुबाहेकका आफन्तजनलाई आउजाउमा रोक लगाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड गर्न रोक

विमानस्थलले शुक्रबार सरोकारवाला सबै पक्षलाई अनुरोध गर्दै विमानस्थलमा भीडभाड नगर्न भनेको हो । ‘भीडभाड कम गर्नका लागि विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गर्न अत्यावश्यक अवस्थामा बाहेक प्रवेश नगर्नुहोला,’ विमानस्थल कार्यालयले भनेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा सतर्कता मापदण्ड र विमानस्थलको कोभिड–१९ संकट व्यवस्थापन निर्देशिकाअनुसार यात्रु बिदाइको भीड नियन्त्रण गर्न कडाइ गर्नुपरेको जनाएको छ । यसअघि आफन्तजनलाई बिदाइ वा स्वागत गर्न हुने भीडलाई निषेधाज्ञा खुकुलो भएसँगै खुला गरिएको थियो ।

त्यसैगरी यात्रुहरूले अब सुरक्षा चेकजाँच तथा बोर्डिङ पास लिने बेलामा जथाभावी भीड गर्न पाउने छैनन् । लाइनमा बस्दा यात्रुले मार्किङ वा सांकेतिक पाइला पछ्याउनुपर्ने छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एक दर्जन हाराहारी उडान भइरहेका छन् । दोस्रो चरणको निषेधाज्ञा खुकुलो भएयता साउन १९ मा चार्टर र नियमित गरी १७ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए । निषेधाज्ञापछिको यो नै सबैभन्दा धेरै उडान भएको दिन थियो । अहिले काठमाडौंबाट दोहा, दमाम, मलेसिया, दुबई, दिल्ली, इस्तानबुल आदिमा मात्रै यात्रु उडान भइरहेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?