एमालेमा एकछिन ग्रहण लागे जस्तो भएको छ : ओली

भक्तपुर — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको बताएका छन् ।

एमालेमा एकछिन ग्रहण लागे जस्तो भएको छ : ओली

बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले पार्टी विभाजन सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको बताएका हुन् ।

कार्यक्रममा पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो कोही समातेर घिसाउँदै र घिसारिँदै हिँडे, संसारमा कुनै पात नझर्ने रुख हुँदैन । हामीमा त्यस्तै भयो ।’

आफू सबैभन्दा जिम्मेवार पार्टी अध्यक्षको हैसियतले कसैलाई उचाल्ने पछार्ने भन्दा पनि राष्ट्र निर्माण र समृद्धिको बाटोमा लागेको ओलीले बताए । ‘देशभरी अहिले पनि हामी नै धेरै सरकारमा छौं, ७ वटै प्रदेशमा हाम्रो जनप्रतिनिधि धेरै छ,’ उनले भने, ‘हाम्रो ध्यान देशको विकासमा छ ।’

सोही कार्यक्रममा पूर्वमन्त्री एवं एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकार ५ हप्तासम्म पनि निस्क्रिय भएर बसेको बताए ।

प्रकाशित : भाद्र ३, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?