एमालेमा एकछिन ग्रहण लागे जस्तो भएको छ : ओली

भाद्र ३, २०७८

कान्तिपुर संवाददाता

भक्तपुर — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको बताएका छन् ।

बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले पार्टी विभाजन सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको बताएका हुन् ।

कार्यक्रममा पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो कोही समातेर घिसाउँदै र घिसारिँदै हिँडे, संसारमा कुनै पात नझर्ने रुख हुँदैन । हामीमा त्यस्तै भयो ।’ 

आफू सबैभन्दा जिम्मेवार पार्टी अध्यक्षको हैसियतले कसैलाई उचाल्ने पछार्ने भन्दा पनि राष्ट्र निर्माण र समृद्धिको बाटोमा लागेको ओलीले बताए । ‘देशभरी अहिले पनि हामी नै धेरै सरकारमा छौं, ७ वटै प्रदेशमा हाम्रो जनप्रतिनिधि धेरै छ,’ उनले भने, ‘हाम्रो ध्यान देशको विकासमा छ ।’

सोही कार्यक्रममा पूर्वमन्त्री एवं एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकार ५ हप्तासम्म पनि निस्क्रिय भएर बसेको बताए ।

राजनीतिक दल सम्बन्धी अध्यादेशएमालेअध्यादेश

कान्तिपुर

Link copied successfully