राजनीतिक दलसम्बन्धी अध्यादेश

राष्ट्रपतिद्वारा  २० प्रतिशतमै दल फुटाउन सकिने अध्यादेश जारी, एमाले र जसपाको असन्तुष्ट समूह नयाँ दल दर्ताको तयारीमा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा  दल फुटाउन सक्नेछन् ।

राष्ट्रपतिद्वारा  २० प्रतिशतमै दल फुटाउन सकिने अध्यादेश जारी, एमाले र जसपाको असन्तुष्ट समूह नयाँ दल दर्ताको तयारीमा

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले अध्यादेश जारी भएको जानकारी दिए ।

यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न प्रावधान थियो । उक्त प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेशले अब दलहरूलाई विभाजनका लागि सहज बनाएको हो । यो अध्यादेश जारीसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटका लागि बाटो खुलेको छ । पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ ।

जसपाको ठाकुर समूहले पार्टीको नाम नै तय गरिसकेको छ । ठाकुर समूहका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नयाँ नाम 'जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक' हुनेछ । पार्टी अध्यक्ष ठाकुर रहनेछन् । दलका अन्य पदाधिकारी र केन्द्रीय सदस्य अनि संगठन संरचनाबारे पनि छलफल जारी रहेको छ ।

त्यस्तै, एमालेको माधवकुमार नेपाल पक्षले पनि नयाँ राजनीतिक दल दर्ताको तयारी थालेको छ ।

प्रकाशित : भाद्र २, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?