कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

अराजक र पदलोलुपलाई पार्टी विभाजन गर्ने वैधानिक आधार दिन ल्याइएको अध्यादेश निन्दनीय : एमाले

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटीले दल विभाजन अध्यादेश ल्याउने सरकारी कदमको चर्को आलोचना गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागि अध्यादेश ल्याइएकाले प्रतिवाद गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

अराजक र पदलोलुपलाई पार्टी विभाजन गर्ने वैधानिक आधार दिन ल्याइएको अध्यादेश निन्दनीय : एमाले

स्थायी कमिटीको मंगलबारको बैठकपछि प्रवक्ता ज्ञवालीले भने, 'प्रमुख प्रतिपक्षी दलकभित्रका केही अराजक र पदलोलुपलाई पार्टी विभाजन गर्न वैधानिक आधार प्रदान गर्ने आपत्तिजनक, निन्दनीय र विभाजनकारी छ ।'

अध्यादेश ल्याएपछि एमालेबाट पदलोलुप केही नेता बाहिरिने उनको भनाइ थियो ।

सरकारको यस्ता क्रियाकलापले मुलुकलाई संकटतिर धकेल्ने पनि ज्ञवालीको भनाइ थियो । गठबन्धन सरकारका असंसदीय, अलोकतान्त्रिक कदमको सशक्त प्रतिवाद गर्ने पनि एमालेले निर्णय गरेको छ । पार्टी विभाजनको विरुद्ध र एकताको पक्षमा उभिन पनि एमाले स्थायी कमिटीले पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गरेको छ ।

संसद् चाहिन्छ भन्ने र संसद्बाट शासन गर्ने भनेर गठबन्धनले साझा न्यूनतम कार्यक्रममा गरेको प्रतिबद्धता ढोंग र आडम्बर रहेछ भन्ने साविति भएको ज्ञवालीको भनाइ थियो ।

एमालेले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि आजै संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रकाशित : भाद्र १, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?