२४ घण्टामा १ हजार २८६ जना संक्रमणमुक्त, थप १ हजार २१८ मा कोरोना पुष्टि

असार २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ५ हजार ३७४ पीसीआर परीक्षणमा १ हजार २१८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार १३० एन्टिजेन परीक्षणमा ६५७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।

यस्तै, २४ घण्टामा १ हजार २८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

कान्तिपुर

Link copied successfully