सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड [पूर्ण पाठसहित]

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
![सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड [पूर्ण पाठसहित]](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2021/miscellaneous/minister-prakash-shah-1562021030045-1000x0.jpg&w=1000&h=0)
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार (५८ दशमलव २ प्रतिशत) र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार (३५ दशमलव १ प्रतिशत) विनियोजन गरेका छन् ।
बजेटले स्वास्थ्य, पूर्वाधार विकास र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ ।
बजेटको पूर्ण पाठ :
